महासचिवमा मेरो दाबी हो – नेता पुन


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ १० २०७८
10.7K
SHARES

१० माघ काठमाडौ । आज माओवादी नेता वर्षमान पुनले पार्टीको महासचिवमा आफ्नो दाबी रहेको बताएका छन् । यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए । तथापि सहमतिमै नेतृत्व छानिने उनले आशा व्यक्त गरे ।

जन्डिसको समस्या आएपछि गत असोजमा बैंकक र त्यसपछि चीनमा उपचार गरेर पुन सोमबार काठमाडौँ फर्किएका छन् ।

स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्वमन्त्री पुनले आफू उपचारका क्रमका रहेका कारण महाधिवेशनमा भाग लिन नपाएको बताउँदै महाधिवेशनबाट पारित नीति र कार्यक्रमप्रति आफ्नो समर्थन रहेको प्रतिबद्धतासमेत जनाए ।