एमसीसी पास गर्नमा समर्थन छैन , सरकार जेसुकै होस् – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन ८ २०७८
7K
SHARES

८ फागुन काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने विषयमा आफूहरूको समर्थन नरहने बताएका छन् ।

आइतबारको संसद् बैठकपछि उनले सञ्चारकर्मीसँग सरकार जेसुकै भएपनि एमसीसी पास गर्न विषयमा आफूहरूको समर्थन नरहने बताए । “एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन । सरकार जे हुन्छ हुन्छ,” उनले भने ।

एकीकृत समाजवादीले सरकारलाई एमसीसी टेबल गर्न दिएको थियो । तर, अब पास गर्नमा भने समर्थन गर्न नसकिने उनले बताए ।