दोहोरो अंकले बढ्यो नेप्से
Capital Headline
प्रकाशित मिति :
मंगलबार, फाल्गुन १० २०७८
12.7K
SHARES
१० फागुन काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ४२ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ९३ अंकमा पुगेको छ ।
यस अघि सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले नै उकालो लागेको थियो । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.३६ अंकले बढेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकम सोमबारको तुलनमा मंगलबार वृद्धि भएको छ । सोमबार ३ अर्ब पनि नपुगेको सेयर करोाबार रकम मंगलबार ३ अर्ब २१ करोड नाघेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट