एमसीसीबारे छलफल गर्ने कार्यसूची सार्वजनिक
११ फागुन काठमाडौं । संघीय संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सो कार्यसूची अनुसार बिहीबारको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए । त्यस दिन अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए । यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।
हेर्नुस् संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची
