संसद् बैठक १५ गतेसम्मका लागि स्थगित
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, फाल्गुन १३ २०७८
3.4K
SHARES
१३ फागुन काठमाडौं। प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक यही फागुन १५ गतेसम्मका लागि स्थगित भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए । बैठक आउँदो आइतबार दिउँसो १ बजे बस्ने सूचना आफूहरूले पाएको उनले बताए । बैठक बिहीबार पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।
आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने तयारी थियो । सत्तारूढ दलमा नै एमसीसीका विषयमा विमति रहँदै आएको छ । एमसीसी अनुमोदन गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग पनि छलफल थालेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट