एमसीसी लागि कर्मचारी माग


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन १८ २०७८
7.9K
SHARES

१८ फागुन काठमाडौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को सञ्चालनमा हुने परियोजनाका लागि १० जना कर्मचारी माग गरिएको छ ।

अर्थ मन्त्रालयल अन्तर्गतको मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले कर्मचारी भर्नाका लागि बुधबार सूचना प्रकाशित गरेको छ । प्रतिनिधिसभाले १५ फागुनमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता अनुमोदन गरेको थियो ।

यो अनुमोदन भएसँगै बुधबार एमसिए–नेपालले सूचना प्रकाशित गरी कार्यालय सहयोगीदेखि प्रोजेक्ट म्यानेजरसम्मका लागि आवेदन माग गरेको छ । यसमा प्रोजेक्ट म्यानेजर, म्यानेजर, पावर सेक्टर रिफर्म स्पेसलिस्ट, एसिस्टेन्ट इञ्जिनियर, मोनिटरिङ एन्ड इभ्यालुएसन स्पेसलिस्ट, आउटरिज कम्युनिकेसन एसिस्टेन्ट, चालक र कार्यालय सहयोगी गरी १० जना माग गरिएको छ । योग्यता पुगेका इच्छुकले मार्च १५ सम्म ती पदमा आवेदन दिन सक्नेछन् ।

एमसीसीमार्फत् आउने ५ करोड डलर र नेपालले थप्ने गरी ६ करोड ३० लाख डलरको परियोजनामा विद्युत् प्रसारण लाइन र सडक मर्मतसम्भाव गरिने छ ।