व्याख्यात्मक घोषणा ‘न्यानो थाङ्नो’ मात्र हो – नेता खनाल


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन १८ २०७८
6.1K
SHARES

१८ फागुन काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसीको व्याख्यात्मक घोषणा भनेको ‘न्यानो थाङ्नो’ मात्रै भएको टिप्पणी छन्। बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले व्याख्यात्मक टिप्पणी भनेको नेपालका नेताहरूलाई आनन्दपूर्वक सुतुन् भनेर बनाइएको एउटा न्यानो थाङ्नो मात्रै भएकोे बताएका हुन्। २७५ सांसदलाई हेरेको र्हेयै पारेर जबरजस्ती एमसीसी पास गरेको उनले आरोप लगाए।

‘यो नेपालको इतिहासमा दुःखद लज्जाजनक कुरा हो,’ उनले भने ‘न छलफल गर्ने वातावरण बन्यो, सांसदहरूलाई हेरेको र्हेयै पारेर जबरजस्ती माथिबाट पेलेर पास गरियो। त्यहाँभित्र अनेकौँ राष्ट्रघाती कुरा भए पनि अहिले एउटा सिकाको सुतारीसमेत सुधारिएको छैन।’

‘कथित घोषणा टिप्पणी अलग्गै पारित गरेर, एमसीसी सम्झौता अलग्गै पारित गर्नुपर्ने भए पनि हामीलाई थाहै निदई झ्यामझ्याम आएर झ्यामझ्याम पास गरियो,’ उनले भने । यस्तै खनालले गठबन्धन एमसीसीका कारण नबनेको र एमसीसीकै कारण नटुट्नेसमेत बताए।