यस कारण दुई वटा जहाज आकासमै होल्ड
Capital Headline
प्रकाशित मिति :
बिहिबार, फाल्गुन १९ २०७८
6.7K
SHARES
१९ फागुन काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानका कारण नेपालको आकासमा जहाजहरु होल्ड हुन पुगेका छन् ।
त्रिभुवन विमानस्थलको आकासमा एरोथाइको जहाजले फन्को मार्दै परीक्षण गरिएको छ । कतार एयरवेजका दुई वटा जहाज आकासमै होल्डमा परेका छन् ।
दिल्लीबाट आएको भिस्तारा एयरवेजको जहाजसमेत होल्डमा परेको छ । त्यस्तै आन्तरिक उडानका जहाजहरु समेत अहिले होल्डमा छन् ।
त्रिभुवन विमानस्थलमा धावनमार्ग विस्तार भएपछि पहिलो पटक यान्त्रिक उपकरण जडित जहाजबाट परीक्षण उडान गरिएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट