माओवादीको केन्द्रीय कमिटी बैठकमा यी ६ वटा एजेन्डामा छलफल हुने
२० फागुन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । राष्ट्रिय सभा गृहमा शुक्रबारबाट सुरु भएको बैठकमा ६ वटा एजेन्डामाथि छलफल हुने भएको छ ।
बैठकले केन्द्रीय सदस्य थप्ने र पार्टीमा रिक्त रहेका अध्यक्षबाहेकको पदपूर्ति गर्ने तथा स्थायी कमिटी, पोलिटब्युरो पनि गठन गर्ने भएको छ ।
यस्तै बैठकले स्थानीय निर्वाचनको रणनीति पनि तय गर्ने एक नेताले बताए ।
१) श्रद्धान्जली
२) रिर्पोटिङ
क) अध्यक्षबाट रिर्पोटिङ
ख) एमसीसीबारे
३) संगठन
क) केन्द्रीय सदस्य थप
ख) पोलिट ब्युरो
ग) स्थायी कमिटी, पदाधिकारी
५) स्थानीय निर्वाचनबारे
६) विविध