संसद भंग गरौँ – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २२ २०७८
5.9K
SHARES

२२ फागुन काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर चुनावमा जान सकिने बताएका छन् ।

आइतबार संसद भवनमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै केपी ओलीलाई संसदमा कति सहने अब चुनावमा जानुपर्ने बताएका हुन् ।

“एमालेले संसद चल्न पनि नदिने, हामीले भत्ता खाइरहने, केपी ओलीलाई कति सहने ? अब सबै निर्वाचनमा जाऔँ,” नेपालको भनाई थियो । एमालेले संसद चल्नै नदिएकाले अब भंग गर्नुको विकल्प नभएको बताए ।