११२ जनामा कोरोना संक्रमण, मृत्यु शून्य


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २६ २०७८
6.3K
SHARES

२६ फागुन काठमाडौं । नेपालमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६,०८१ पीसीआर परीक्षणका क्रममा ७७ जना र २ हजार ५ सय २७ एन्टिजेन परीक्षणका क्रममा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण बिहीबार पनि कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९४९ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ४२९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ४ सय ९७ जना निको भएका छन् । हाल ५ हजार ३४० सक्रिय संक्रमित आइसोलेसन र १०६ जना क्वारेन्टाइनमा रहेका छन् ।