नेपाल आयल निगमको कार्यकारी निर्देशकमा थानी नियुक्त


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २६ २०७८
4.1K
SHARES

२६ फागुन काठमाडौ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

बैठकले निगमको कार्यकारी निर्देशकमा थानीलाई नियुक्त गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताए । थानी यसअघि नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य थिए । यस्तै उनी नेपाली कांग्रेस निकट सेन्ट्रल फर डेमोक्रेटिक इन्जिनियरिङ नेपाल (सिडेन) का अध्यक्ष हुन ।