विभिन्न कार्यक्रमका साथ सेञ्चुरी बैंकको ११औं वार्षिकोत्सव सम्पन्न


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २७ २०७८
9.7K
SHARES

२७ फागुन काठमाडौं ।   सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ११औं वार्षिकोत्सव विभिन्न कार्यक्रमकासाथ सम्पन्न गरेको छ । एघारौं वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष श्री राजेश कुमार श्रेष्ठज्यूले ११ वर्ष अघि सरल बैंकिङ्ग सबैंका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसावमा ठूलो र मजबुद बैंक बनेकोे उल्लेख गर्दै बैंक आगामी दिनमा ग्राहकवर्गलाई अझ प्रभावकारी छिटोछरितो एवं गुणस्तरिय सेवा प्रदान गर्ने बताउनु भयो । एघार वर्ष अघि स्थापित बैंकको चुक्ता पूँजी २ अर्बबाट ९ अर्ब ५५ करोड, निक्षेप परिचालन १ अर्ब ३५ करोडबाट ९२ अर्ब ५७ करोड, ऋण प्रवाह १ अर्ब १८ करोडबाट ८८ अर्ब ५९ करोडभन्दा बढी पुगेको तथा ४४ जना कर्मचारीबाट एघार सयभन्दा बढी कर्मचारी संख्या पुगेको र अर्थतन्त्रमा महत्वर्पूण योगदान दिन सक्षम भएको बताउनुभयो । उहाँले बैकको व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन कायम राखी बैंकलाई शेयरधनी, कर्मचारी, नियमनकारी निकाय लगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त समारोहमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले शुभकामना मन्तव्य राख्नु भएको थियो । उहाँले संस्था स्थापनाकाल र यस बैंकलाई यहाँसम्म ल्याउन अतुलनिय योगदान गर्नु भएका सबैलाई हार्दिक सम्मान व्यक्त गर्दै आगामी दिनमा बैंकलाई अझ बढी सुदृढ र सबल बनाउँदै थप शाखा सञ्जाल विस्तार गर्ने, आगामी दिनमा डिजिटलाइजेसनलाई जोड दिने, वित्तीय सचेतना अभिवृद्धि एवं उद्यमशिलता विकास गरी सामाजिक आर्थिक उत्थान एवं व्यवसाय वृद्धि गर्दै जाने बताउनु भयो । सो कार्यक्रममा दश वर्षदेखि निरन्तर सेवा प्रदान गरी बैंकको समग्र विकासमा पुर्याको योगदानको उच्च मूल्यांकन गर्दै बैंकका ४८ जना कर्मचारीहरुलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले Lumbini Eye Institute का व्यवस्थापन समितिका अध्यक्ष सागरप्रताप राणालाई आँखा उपचारमा प्रयोग हुने महत्वपूर्ण उपकरण Anterior Vitrectomy Machine खरिदको लागि रु. ४,०२,२८०/-( र गोविन्द मेमोेरियल एकाडेमी दिङ्ला भोजपुरमा विद्यार्थीहरुका लागि खानेपानी पाइप खरिदका निम्ति संस्थाका अध्यक्ष डा. सुरेश बस्नेतलाई रु. एक लाख सहयोग रकम हस्तान्तर गर्नु भयो । साथै बैंकले भोजपुर नगरपालिकामा आयोजित डा. भगवान कोइराला लगायत ५० जनाभन्दा बढी चिकित्सक संलग्न हुने स्वास्थ्य शिविर कार्यक्रमलाई रु. ५० हजार नेपाल रेडक्रस सोसाईटी कमलामाई सिन्धुलीलाई गरिव तथा विपन्न वर्गलाई स्वास्थ्य सेवामा सहयोग गर्न स्वास्थ्य सेवा कोष स्थापनाका लागि रु एक लाख सहयोग प्रदान गरेको छ ।