संसद् अधिवेशन अन्त्य


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १ २०७८
8.5K
SHARES

१ चैत काठमाडौं ।आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी हुन् । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।

यसैबीच, संघीय संसद्को सचिवालयले पनि सूचना जारी गरी राष्ट्रपति कार्यालयबाट संसद् अधिवेशन अन्त्य गरिएको जानकारी आएको बताएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले राष्ट्रियसभा र प्रतिनिधि सभाका सदस्यहरूको जानकारीका लागि सूचना जारी गरिएको बताएका छन् ।