गठबन्धनबाट चुनाव जित्ने भ्रम छाड्नुहोस् – अध्यक्ष प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २ २०७८
5.8K
SHARES

२ चैत काठमाडौं । आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचनमा गठबन्धनबाट निर्वाचन जित्ने भ्रम त्याग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले माओवादी आफ्नै तागतमा चुनाव लड्नका लागि तयार हुन नेता कार्यकताहरूलाई निर्देशन पनि दिएका छन् ।

“गठबन्धनबाट चुनाव जित्ने भ्रम छाड्नुस् । हामी हाम्रै बलामा चुनाव जित्ने गरी लाग्नुपर्छ,” उनले प्रशिक्षणमा भनेका छन् ।

त्यस्तै निर्वाचन जित्न पार्टीलाई सहजै भने नभएको उनको भनाइ छ । निर्वाचन जित्न गर र मरको स्थिति रहेको उनले बताए । प्रचण्डले दुई महिने अभियान सञ्चालन गरिएको भन्दै गाउँमा खटिन निर्देशन पनि दिएका छन् ।