बढ्दो बैंकको ब्याजदर नियन्त्रण गर्दैछौं – अर्थमन्त्री शर्मा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र ४ २०७८
10.8K
SHARES

४ चैत काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन् । ललितपुर उद्योग बाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा उनले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफूले पहल थालेको बताए ।

“बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्नेगरी बैंकको ब्याजदर सीमा निर्धारण गर्दै व्यवसायी अनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु,” उनले भने, “राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशतभन्दा बढी राख्न हुँदैन पनि भनेको छु ।”

उनले चाँडै बैंक तथा बित्तिय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यममार्गी बाटो अपनाई समस्या समाधान गर्ने बताए ।