चुनावलाई उपयोग गरेर जाऔं – विप्लव


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र ४ २०७८
8.1K
SHARES

४ चैत काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा स्थानीय चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव पेस भएको छ।

कपिलवस्तुको शिवगढीमा शुक्रबार दिउँसो २ बजे सुरु भएको बैठमा महासचिव विप्लवले चुनाव उपयोग गरेर जानुपर्ने मतसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। अध्ययनका लागि राजनीतिक प्रतिवेदन वितरण गरिएको र भोलिसम्म अध्यन गरेर पुनः छलफल सुरु हुने एक केन्द्रीय सदस्यले जानकारी दिए। केन्द्रीय सदस्यहरूले प्रतिवेदन अध्ययन सुरु गरेका छन्।

गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोगबारे प्रस्ताव गरेका थिए। उक्त प्रस्तावबारे नेकपाको उच्च तहमै समान मत छैन।