एमालेको सरकार अन्तरे/जन्तरे मिलेर ढालियो – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र ६ २०७८
8K
SHARES

६ चैत काठमाडौं ।आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘वैचारिक क्षमता, सुशासन, भ्रष्टाचारविरुद्ध गरेको कार्य देखेर एमालेका अन्तरे/जन्तरे मिलेर पार्टीको सरकार ढालेको’ बताएका छन् ।

इलाममा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालप्रति लक्षित गर्दै उनले एमालेको बलमा सांसद र उपमेयरले फुली लगाएको भन्दै यस्तो बताएका हुन् ।

एमाले कसैलाई पनि झुक्याउने पार्टी नभएको उनको भनाइ छ । दुई/चारवटा पात झरे पनि एमाले सतिसालका रूपमा रहने भन्दै उनले आसन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका ‘पाँच दललाई एउटै कुचोले बढार्ने’ जिकिर गरे ।