प्रचण्ड जनकपुर जाँदै


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ८ २०७८
10.4K
SHARES

८ चैत जनकपुर । आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनकपुर जाँदैछन् । आज जनकपुरको तिरहुत्तियामा प्रदेश स्तरीय चुनावी राजनीतिक प्रशिक्षण कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड सहित नेताहरु त्यता जान लागेका हुन् ।

आज हुने प्रशिक्षणमा २५ सय बढी नेता कार्यकर्ता सहभागी हुने प्रदेश अध्यक्ष प्रल्हाद बुढाथोकीले जनाएका छन् ।
यस अघि अन्य प्रदेशमा माओवादीले प्रशिक्षण सम्पन्न गरीसकेको छ ।

मधेशमा पनि प्रचण्डले आफ्नै तागतमा चुनाव जीत्ने लक्ष राखेर सापेक्ष रुपमा मात्रै तालमेलमा जोड दिन निर्देशन गर्ने छन् ।