कुनै पनि हालतमा एमालेसँग चुनावी तालमेल हुँदैन – महासचिव डा.भुषाल
८ चैत धनगढी। नेकपा एकीकृत समाजवादीका महासचिव डा.वेदुराम भुषालले एमालेसँग कुनै पनि किसीमको सहकार्य नहुने बताएका छन्। सोमबार आज धनगढीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव भुषालले आफ्नो पार्टीले एमालेसँग कुनै पनि किसिमको राजनीतिक एकता तथा चुनावी तालमेल वा सहकार्य नहुने बताएका हुन्।
नेता भुषालले एमालेबाट विद्रोह गरेर आफूले निर्माण गरेको पार्टीमा देशव्यापी लहर चलेको भन्दै आगामी निर्वाचन आफ्नो पार्टीको अग्निपरीक्षा भएकाले त्यसको तयारीमा केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे।
नेता भुषालले एमाले सरकारमा हुँदा केपी शर्मा ओलीले नेपालको संविधानलाई कुल्चिएर संसद विघटन गरी नेपाली जनतालाई अँध्यारोमा धकेलेको बताए। उनले तानाशाही शासन संविधान विपरीत काम गरी इतिहास कायम गरेको हुनाले एमालेसँग आफ्नो पार्टीको सहकार्य हुन नसक्ने बताए।