एमाले केन्द्रीय समिति बैठकमा : अध्यक्ष र महासचिवका प्रतिवेदनमाथि छलफल हुने


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १० २०७८
6.7K
SHARES

१० चैत काठमाडौं। बुधबारदेखि काठमाडौंमा शुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहनेछ । आज अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदनमाथि केन्द्रीय कमिटी बैठकमा छलफल हुँदैछ ।

ओलीले बुधवार पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमा स्थानीय चुनावलाई जनमतसंग्रहका रूपमा हेरिएको उल्लेख छ । चुनाव जनादेश र परमादेशबीचको जनमतसंग्रह भएको ओलीको भनाइ छ । सर्वोच्चको परमादेशबाट ओली प्रधानमन्त्रीबाट हटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गत असार २९ मा प्रधानमन्त्री बन्नुभएको थियो ।

साथै बैठकमा स्थानीय चुनावका लागि पार्टीको तयारीलगायत विषयमा पनि बैठकमा छलफल भएको थियो । बैठकमा सातै प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गरिसकेका छन् । उनीहरूले एमालेप्रति आकर्षण रहेको रिपोर्ट पेश गरेका थिए । बैठकमा चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत ११ कार्यसूची छन्।