आज काठमाडौं आउँदै चिनियाँ विदेशमन्त्री वाङ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र ११ २०७८
5.5K
SHARES

११ चैत काठमाडौं । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

चिनियाँ विदेशमन्त्री वाङ आज ११ गते राती काठमाडौँ आइपुग्ने छन् । वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र १३ गतेलाई राखिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चैत १२ गते नेपाल-चीन परराष्ट्र मन्त्री स्तरिय द्विपक्षीय वार्ता हुनेछ ।

उनले नेपालमा रहदा रास्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।