एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले नयाँ व्यवसायको सुरुवात गरे
१५ चैत काठमाडौँ। मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले नयाँ व्यवसाय थालेका छन् । उनले भक्तपुरमा तरकारी बजार संचालनमा ल्याएका हुन् । सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक, अरनिको राजमार्ग नजिकै रहेको ५० रोपनी जग्गामा तरकारी बजार संचालनमा आएको हो ।
सूर्यविनायक हरित तथा कृषि थोक बजारमा मंलगबार पत्रकार सम्मेलन गर्दै व्यवसायी प्रसाईले भने, ‘जे गर्छु स्वदेशमै गर्छु भनेर तरकारी बजार संचालनमा ल्याएको हुँ ।’२ अर्ब रुपैयाँ भन्दा धेरै लगानी गरेर तरकारी बजार संचालनमा ल्याएको उनले दावी गरे । बिचौलियाको अन्त्य गर्न र किसानलाई राहत दिन आफुले तरकारी बजार बनाएको प्रसाईको दाबी रहेको छ ।