नेप्सेमा ४ करोड ७७ लाख बोनस शेयर सूचिकृत


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १५ २०७८
5.6K
SHARES

१५ चैत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पौने ५ करोड बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा नबिल बैंक, एक्सेल डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्तको ४ करोड ७७ लाख ८८ हजार २२।८५९७ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा नबिल बैंकको मात्रै ४ करोड ६५ लाख १७ हजार ३५५।८९ कित्ता, एक्सेलको ९ लाख ७३ हजार ३४५।४६९७ कित्ता र स्वाभिमान लघुवित्तको २ लाख ९७ हजार ३२१।५० कित्ता बोन सेयर छन्।

यी तीनै बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीमा सूचीकृत भएको छ। गत वर्ष आर्थिक वर्षका लागि नबिलले ३३.६० प्रतिशत, एक्सेलले १२ प्रतिशत र स्वाभिमान लघुवित्तले ३२.३० प्रतिशत बोनस सेयर वितरण गरेका थिए।