प्रभु लाइफ इन्स्योरेन्सकोअध्यक्षमा अमात्य
१६ चैत काठमाडौ । प्रभु लाइफ इन्स्योरेन्स लि. को यहि मिति २०७८/१२/१६ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीहरुबाट संचालकमा प्रतिनिधित्व गनुृ भएका सुभाष अमात्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । नवनियुक्त अध्यक्षले आजै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार सम्हाल्नु भएको छ ।
यस अघि अध्यक्ष रहनु भएका डा.आत्माराम घिमिरेले मिति २०७८/१२/१६ गते देखिनै लागु हुने गरी व्यक्तिगत कारणले राजिनामा दिनु भएको हो । २०७४ मंसिर २८ गतेबाट संचालनमा आएको यस कम्पनीले देशभरका १०० वटा शाखा/उपशाखा कार्यालयहरुबाट जीवन बीमा व्यवसाय संचालन गर्दै आइरहेको छ ।