गठबन्धनलाई एकतावद्ध बनाएर लैजान्छु , अप्ठ्यारोसँग भाग्दिनँ – प्रधानमन्त्री देउवा


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १७ २०७८
2.4K
SHARES

१७ चैत काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई एकतावद्ध बनाएर लैजाने बताएका छन् । कांग्रेसले गठबन्धनलाई सँगै लिएर जाने निर्णय गरेको भन्दै उनले सानातिना समस्या आए त्यसलाई मिलाउने काम दलहरुकै भएको बताए ।

राजधानीमा आयोजित कार्यक्रममा देउवाले अरु पार्टीहरुको सहयोगमै गठबन्धन सरकार बनेको बताए । ‘गठबन्धनलाई सँगै लिएर जाने निर्णय गरेको छ । अझ एकतावद्ध रुपमा अगाडि बढाउने छौं, गठबन्धन अगाडि बढ्ने छ,’ उनले भने, ‘सानोतिनो अप्ठ्यारा आउलान्, त्यसलाई पनि फुकाउने राजनीतिक नेताहरुको हो, भाग्ने होइन ।’