उम्मेद्‍वार सिफारिस गर्न माओवादीका यी ६ मापदण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र १८ २०७८
6.2K
SHARES

१८ चैत काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिसको मापदण्ड तय गरेको छ ।

सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाएको माओवादीले पहिलेका प्रतिनिधिलाई सकभर नदोहोर्‍याउने भएको छ।

माओवादी केन्द्रका अध्यक्षले शुक्रबार जारी गरेको सर्कुलरमा ‘विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्‍याउने उल्लेख छ।
यस्ता छन् मापदण्डः
१. विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्‍याउने
२. देश जनता पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने
३. स्वच्छ छवि भएको हुनुपर्ने
४. विजयको सम्भावना भएको लोाकप्रिय व्यक्ति छनौटमा ध्यान दिने

५. पार्टी अनुशसानप्रति निष्ठावान हुनुपर्ने

६. समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने