प्रधानमन्त्री देउवा र मोदीबीच आज भेटवार्ता हुँदै


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र १९ २०७८
2.7K
SHARES

१९  चैत्र काठमाडौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले आज समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।

आज भेटवार्तापछि दुबै प्रधानमन्त्रीले जयनगर कुर्था रेल सेवाको शुभारम्भ गर्नेछन् । त्यसै गरी भारतीय सहयोगमा निर्मित सोलु करिडोर प्रशारण लाईनको शुभारम्भ गर्नेछन् भने १३२ वटा श्वास्थ्य सेवा केन्द्रको प्रगतिबारे भिडियोमा अवलोकन गर्नेछन् ।

आजै दुई देशका प्रतिनिधिमण्डलबीच कृषि, उर्जा, व्यापारका विभिन्न विषयमा छलफल र समझदारी हुनेछ ।
आज मोदीले देउवाका लागि दिवाभोजको आयोजना गरेका छन् ।

प्रधानमन्त्री देउवाले आफ्नो यो भ्रमणबाट नेपाल भारत सम्बन्ध मजबुत हुने विस्वास व्यक्त गरेका छन् ।देउवाले हिजो भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुका साथै भाजपाको मुख्यालय पनि पुगेका थिए । पार्टी कार्यलयमा कुनै पनि देशको प्रधानमन्त्री पुगेको बिषयलाई भने कुटनीतिज्ञहरुले आलोचना गरेका छन् ।