चुनावमा चन्दा दिंदैनौं – अन्तर्राष्ट्रिय विकास साझेदार


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २१ २०७८
8.7K
SHARES

२१ चैत काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरुले आसन्न निर्वाचनमा कुनै पनि दल तथा उम्मेदवारलाई चन्दा नदिने घोषणा गरेका छन् ।

संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, जाइका, युके एड, कोइका लगायतका विकास साझेदारहरुले संयुक्त वक्तव्य निकालेर आफ्ना कर्मचारी र परियोजनाहरुले चन्दा वा जिन्सी सहयोगको दबाब सामना गर्नु परेको बताएका छन् ।

उनीहरुले भनेका छन्, ‘आउँदो निर्वाचन वा कुनै पनि समयमा चन्दा, नगद वा जिन्सी उपलब्ध गराइने छैन ।’ आफ्ना कर्मचारी र साझेदारहरुप्रति लक्षित जबरजस्ती, त्रास वा धम्कीसमेत स्वीकार्य नहुने उनीहरुले बताएका छन् ।