आजदेखि निजी गाडी आयात गर्न नपाइने


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २२ २०७८
7.8K
SHARES

२२ चैत काठमाडौ । आजबाट निजी सवारीसाधन आयात गर्न नपाइने भएको छ। निजी सवारीसाधनको उच्च आयातकै कारण भुक्तानी सन्तुलन निकै नकारात्मक बनेको र विदेशी विनिमय सञ्चिति घट्दै गएको भन्दै सरकारले निजी सवारीसाधन आयातमा रोक लगाएको हो।

सोमबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई निजी गाडी आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न मौखिक निर्देशन दिएको हो।

अत्यावश्यकबाहेकका केही वस्तुको आयातलाई निरुत्साहन गर्ने नीति लिएको राष्ट्र बैंकले आयातमा थप कडाइ गरेको हो । राष्ट्र बैंकको निर्देशनबमोजिम आज मंगलबारदेखि निजी गाडीका लागि एलसी खोल्न बन्द गरिएकाे एक बैंकका सीईओले बताएका छन् ।