वरिष्ठ नेता पौडेल बने कमान्डर


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २२ २०७८
9.7K
SHARES

२२ चैत काठमाडौँ। सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेलका लागि तयारी तथा अनुगमन समिति गठन गरेको छ। पाँच दलीय सत्ता गठबन्धनको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो।

समितिमा पाँचै दलबाट सदस्य पठाउने दलहरुबीच सहमति भएको छ। बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले मंगलबार नै दलहरुले नाम दिने जानकारी दिइन्। उनका अनुसार तयारी तथा अनुगमन समितिको बैठक बुधबार बस्ने छ। बैठकले तल्लो तहबाट आएका प्रतिवेदनका आधारमा तालमेलको मोडालिटीबारे निर्णय गर्ने समझदारी बनेको पौडेलले बताइन्।