प्रचण्ड सिरहा जाँदै


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २४ २०७८
8.3K
SHARES

२४ चैत काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिरहा जाँदैछन् । प्रचण्डले त्यहाँ शहीद गेटको उद्घाटन गर्ने कार्यक्रम छ। तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका शहीदको स्मृटिमा गेट बनाइएको छ ।

२०७० को संविधानसभा निर्वाचनमा सिरहा प्रचण्डको निर्वाचन क्षेत्र भएको जिल्ला पनि थियो। क्षेत्र नम्बर-५ बाट उनी संविधानसभा सदस्यको रूपमा विजयी भएका थिए। तर, अहिले उनले निर्वाचन क्षेत्र परिवर्तन परिवर्तन गरेका छन्। गृहजिल्ला चिवतन उनको निर्वाचन क्षेत्र भएको जिल्ला भएको छ।