सीईओ अनुपमा खुञ्जेलीले दिइन् राजीनामा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २५ २०७८
8.2K
SHARES

२५ चैत काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ)अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् । कार्यकाल सकिन करिब केही दिन मात्रै बाँकी रहेका बेला सीईओ खुञ्जेलीले पदबाट राजीनामा दिएकी हुन् ।

उनको पहिलो कार्यकाल यही चैत मसान्तमा सकिंदै थियो । दोस्रो कार्यकालमा उनी दोहोरिन चाहेकी थिइन् । तर सञ्चालक समितिले दोहोर्‍याउन नचाहेपछि उनले राजीनामा दिएको स्रोतले बतायो ।

सञ्चालक समितिसँग मनमुटाव सुरु भएपछि काम गर्न नसकिने निस्कर्ष निकाल्दै उनले राजीनामा बुझाएको बैंक स्रोतले बताएको छ । यद्यपि, उनको राजीनामा स्वीकृत भने भइसकेको छैन । खुञ्जेली नेपाली बैंकहरुकै पहिलो महिला सीईओ थिइन् ।