सत्ता गठबन्धनको बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २५ २०७८
5.8K
SHARES

२५ चैत  काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ ।

शुक्रबार बालुबाटारमा बसेको गठबन्धनमा आवद्ध दलहरुका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।  “आजको बैठक अनौपचारिक हो । हामीले रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समितिले निर्वाचनका सन्दर्भमा संयुक्त विज्ञप्ति जारी गर्नेबारे कुरा गर्यौंँ,” उनले भने ।  बैठकमा चुनावी तालमेलबारे सैद्धान्तिक छलफल भएको बुझिएको छ ।