न्यू इयर इभमा फोनपे गर्दा २० जनाले हेलिकोप्टरमा सगरमाथा घुम्न पाउने
२५ चैत काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विसले चैत ३० गते न्यू इयर इभका दिनमा फोनपेमार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्र्वजनिक गरेको छ । यस अफर अन्तरगत न्यू इयर इभका दिनमा फोनपेमार्फत कारोबार गर्ने १० जनाग्राहक र १० जना मर्चेन्ट (व्यवसायी) गरी २० जनाले आकर्षक अफर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यो अफर अन्तरगत फोनपेमार्फत कारोबार गर्नेमध्येबाट भाग्यशाली १० जना ग्राहक र १० जना मर्चेन्टले हेलिकोप्टरमार्फत सगरमाथा घुम्न पाउनेछन् । यो योजनामा २९ गते राति १२ बजेदेखि ३० राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनेछन् । विजेता गोलाप्रथामार्फत घोषणा गरिने कम्पनीले जनाएको छ ।