३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको सुनेको छु – अर्थमन्त्री शर्मा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २५ २०७८
7.1K
SHARES

२५ चैत काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक अधिकारीले नै बार्गेनिङ गरेको सूचना पाएको बताएका छन् ।  शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेशनल कन्फ्रेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘मेरो बैंक खाता रोकियो भन्दा त्यो के हो बुझ्न दिनुस् भन्दा ठूलो विषय बनाएर मिडिया खोजेर गोप्य कुराहरु त्यहाँ पुर्याइन्छ किन ?’, अर्थमन्त्री शर्माले भने, ‘कतिपय सूचनाहरु हुन्छन्, रिपोर्ट गर्नुपर्ने रिपोर्ट हुँदैन । बदमासी भइरहेको हुन्छ । एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको छु, आधिकारिक कुरा थाहा छैन मलाई । ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको सञ्चालक समिति सदस्यले । अनि हाम्रो यहाँ पारदर्शिता हुन्छ । यस्ता कुराहरु हामीले सच्याउनु पर्छ ।’