अत्याधुनिक प्रविधिमा आधारित MBL M- Smart ​माछापुच्छ्रे बैंकले ल्यायो


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २८ २०७८
8.7K
SHARES

२८ चैत काठमाडौं । बैंकिङ्ग क्षेत्रमा नयाँ  स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेण्ड सेट गर्दै आएका माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित mobile banking App, MBLM-Smart ​ को सुरुवात गरेको छ । यस अघि Machhapuchchhre Mobile Money (M3)​ को रुपमा संचालनमा रहेका मोवाईल बैंकिङ्ग एपलाई बैंकले OMNI​ च्यानलमा आधारित अपरिस्कृत र परिमार्जित गरी MBLM-Smart ​ को रुपमा शुभारम्भ गरेको हो ।

नयाँ सुविधासहित शुभारम्भ गरिएको MBL M–Smart app ​मा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ Self-Registration​ गर्न सकिने मोवाईलबाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै लोन लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपालक्युआर scan​ गरी QR ​ भुक्तानी गर्न मिल्ने, विभिन्न मोवाईल वालेटहरुमा खातालिंकगर्न सकिने, बत्ति पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधा रहेको बैंकले जनाएको छ  । बैंकले MBL M–Smart लाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दै ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप संचालनमा ल्याएको जनाएको छ ।