‘म्यानेजर अफ दी इयर’ बाट सीईओ न्यौपाने सम्मानित


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २८ २०७८
7.6K
SHARES

२८ चैत काठमाडौ । यस वर्ष एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने म्यानेजर अफ दी इयरबाट सम्मानित भएका छन् ।

म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले आफ्नो साधारणसभाका अवसरमा शनिबार न्याैपानेलाई उक्त सम्मानबाट सम्मानित गरेको हो । सम्मानित भएपछि उनले यो सम्मानले आफूलाई थप हौसला प्रदान गरेको बताए ।

‘म्यानेजर अफ द इयर अवार्ड’बाट सम्मानित हुन पाउँदा म असाध्यै हर्षित महसुस गर्छु । यो अभूतपूर्व सम्मान पाउनु मेरो लागि साँच्चै नै ठूलो सौभाग्यको कुरा हो’ उनले भने, ‘मेरो हौसला, मनोबल र आत्मविश्वासलाई बलियो बनाउनुका साथै अविश्वसनीय अवसर तथा चुनौतीपूर्ण चुनौतीहरूको सामना गर्नु भएकोमा मेरो परिवार, सहकर्मीहरू र एनआईसी एशिया बैंकका प्रत्येक एकल सरोकारवालाहरूप्रति म कृतज्ञ छु ।