कुनै पनि तहमा एमालेसँग तालमेल नगर्नु – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २ २०७९
1.9K
SHARES

२ बैशाख काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेताहरुलाई अब नजिकिँदो चुनावमा परिणाम निकाल्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

आज बिहान खुमलटारमा बसेको पूर्व स्थायी समिति सदस्यहरुको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले गठबन्धन र तालमेलप्रति प्रतिवद्ध रहन पनि निर्देशन दिए । यदी कुनै तहमा गठबन्धन भित्र सहमति नभएमा पनि एमालेसँग भने नमिल्न निर्देशन पनि दिए ।

पूर्व स्थायी समिति सदस्य गणेश शाहले अहिले पार्टीमा प्रवेश गर्नेहरुमो लहर चलेको भन्दै सबैको राजनीतिक पृष्टभूमि र भूमिकाका आधारमा जिम्मेवारी दिने, टिकट दिने र व्यवस्थित गर्ने पनि छलफल भएको जानकारी दिए ।