एमालेले चुनावपछि बहुमतसहित सरकार चलाउँछ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २ २०७९
2.4K
SHARES

२ वैशाख कीठमाडौ । आज नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् ।

लमजुङको  ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको भन्दै चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दाबी गरे । जनताको आकर्षण एमालेमा रहेको भन्दै उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी दोहोर्‍याए ।

जालझेल गरेर प्रतिपक्षमा केही समयका लागि एमालेलाई प्रतिपक्षमा पु¥याएको आरोप लगाउँदै उनले अब एमालेले बहुमतको सरकार बनाएर देश र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए ।