भोलिसम्म चुनावी तालमेलको टुङ्गो लाग्छ – प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
शनिबार, बैशाख ३ २०७९
2.2K
SHARES
३ वैखाख काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी तालमेलको टुङ्गो भोलि (आइतबार)सम्म लाग्ने बताएका छन् ।
भरतपुर विमानस्थलमा आज बिहान पत्रकारहरूसँग उनले आज गठबन्धनमा चुनावी तालमेलको खाका तयार हुने बताएका हुन् ।
भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनकातर्फबाट कसलाई अगाडि सार्ने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । सहमतिका लागि भएका छलफलमा विमति हुन स्वाभाविक रहेको उनको भनाइ थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट