ठमेलमा खुल्यो बुटिक होटल


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख ३ २०७९
12.4K
SHARES

३ वैशाख काठमाडौ ।अहिले कोरोनाको महामारीका कारण थलिएको पर्यटन ब्यवसाय विस्तारै गति लिन थालेको छ । नेपालको विभिन्न ठाँउमा ठूलो लगानीमा धमाधम होटलहरु खुल्न थालेको हो ।

काठमाडौंको ठमेलमा तीन करोडको लगानीमा शुक्रवार देखि बुटिक होटल खुलेको छ । २२ कोठा भएको आर्कषण सेक्रेट बुकिट होटलको प्रतिनिधिसभा सदस्य तथा पूर्व सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन शुक्रवार उद्घाटन गरेका छन ।

उद्घाटन गदै भट्टराईले होटलले पर्यटन ब्यवसायमा थप टेवा पुग्ने बताउदै थप सफलताको शुभकामनमा ब्यक्त गरका छन ।

विभिन्न पेशा ब्यवसायमा आबद्ध चार जनाको सयुक्त लगानीमा सो होटल सञ्चालनमा ल्याएको हो । सञ्चालकमा  शरद कुमार पाण्डे, मोहन भट्टराई,  भिम बोगटी र  विकेन बोगटी रहेका छन ।

सुविधा जनक कोठाहरु भएको सो होटलमा एकै पटक सय जना सम्मको क्षमता रहेको उक्त होटल माथिल्लो तलामा रेष्टुरेन्ट रहेका छ ।