कति पुग्यो डलरको मूल्य, अन्य देशको मुद्राको विनिमयदर कति ?


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ४ २०७९
2.5K
SHARES

४ वैशाख काठमाडौ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३२ रुपैयाँ १४ पैसा छ ।

युके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा कायम छ ।  कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४५ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।