चुनाव रोक्ने कोसिस नगर्नुस् – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख ५ २०७९
2K
SHARES

५ वैशाख काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय निर्वाचन रोक्ने कोसिस नगर्न आग्रह गरेका छन् ।

सोमबार सोलुखुम्बुमा आयोजित कार्यक्रममा उनले भने, “मैले प्रधानमन्त्रीलाई पनि खबर पठाएको छु । चुनाव रोक्ने कोसिस नगर्नुस् । उहाँले बुझ्नुहुन्न हामी बुझाएर छोड्नेछौं । चुनाव हुनेछ । चुनाव टार्न कसैले सक्ने छैन । चुनाव हामी गराएर छाड्छौं ।”

उनले गठबन्धन आज पनि चुनाव सार्नेबारे छलफल गरिरहेको आरोप लगाए । “आज पनि अहिले पनि गठबन्धन चुनाव सार्न बालुवाटारमा मिटिङ बस्दै छ । म गठबन्धनालाई भन्न चाहन्छु, संविधान विरोधी अपराध धेरै भइसक्यो । अब सह्य हुन सक्दैन,” उनले भने ।