यस कारण हुन सकेन तालमेलको सहमति
५ वैशाख । आज बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न आज बसेको गठबन्धनको बैठक विना निष्कर्ष टुङ्गिएको हो।
बैठक आजै फेरि बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो । यो बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भनिएको थियो । पटक-पटक बस्दै आएको गठबन्धनको बैठक निष्कर्षविहीन टुङ्गिदै आएको छ।