काठमाडौं उपत्यकामा कोरोनाका ४५ जना सक्रिय संक्रमित


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख ५ २०७९
2.3K
SHARES

५ वैशाख काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ६ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा ४ र ललितपुरमा २ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४५ पुगेको छ ।

आज देशभर होम आइसोलेसनमा ३३९ र १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये आईसीयूमा ५ र भेन्टिलेटरमा १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।