यी २० जिल्लामा छैनन् कोरोना संक्रमित


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख ५ २०७९
2.8K
SHARES

५ वैशाख काठमाडौं । दैनिक कोभिड १९ संक्रमितको संख्या एक अंकमा झरिसकेको अवस्थामा २० जिल्ला ‘कोभिड फ्री’ भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५७ जिल्लामा सक्रिय संक्रमितको संख्या १ देखि २९ सम्म छ । बाँकी जिल्ला संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा ओखलढुंगा, उदयपुर, खोटाङ, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, नवलपरासी, मुस्ताङ, मनाङ, रुकुम, कपिलवस्तु, गुल्मी, जाजरकोट, हुम्ला, जुम्ला, डोल्पा, रुकुम पश्चिम, मुगु, बाजुरा र दार्चुला छन् । सबैभन्दा बढी काठमाडौंमा २९ जना र ९ जिल्लामा एक-एकजना मात्रै सक्रिय संक्रमित रहेका छन् ।