यी ‘टिकटक स्टार’ लाई ३ वर्ष जेल सजाय
६ वैशाख काठमाडौं । इजिप्टमा ‘टिकटक स्टार’ एक युवतीलाई त्यहाँको अदालतले मानव बेचबिखनमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय दिएको छ ।
२० वर्षीया टिकटक स्टार हनीन होसमलाई भिडिओ सेयरिङ प्लेटफर्म मार्फत पैसाका लागि महिलाको शोषण गरेको भन्दै तीन वर्षको जेल सजाय सुनाइएको होे ।
यद्यपी उनले आफूमाथिको आरोप अस्वीकार गर्दै आएकी छिन् । उनले गत वर्षको अप्रिलमा आफूलाई पछ्याउने महिलाहरूलाई अर्को भिडिओ साझेदारी प्लेटफर्म लाइकमा सामेल हुन अनुरोध गर्दै लाइभमा बसेर पैसा कमाउन सक्ने अफवाह फैलाएको आरोपमा पक्राउ परेकी थिइन् ।