२४ घण्टामा २१ जिल्लामा आगलागीका घटना
Capital Headline
प्रकाशित मिति :
बुधबार, बैशाख ७ २०७९
2.4K
SHARES
७ वैशाख काठमाडौं । नेपालमा २४ घण्टामा २१ जिल्लाका ३० स्थानमा आगलागीका घटना भएको छ । उक्त घटनामा सातजना सामान्य घाइते भएका छन् । दुई करोड ६८ लाख ३१ हजार रुपैयाँबराबरको धनमाल क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार यो तथ्यांक यही वैशाख ५ गते बिहान १० बजेदेखि वैशाख ६ गते बिहान १० बजेसम्मको हो । त्यसक्रममा १८ चौपाया क्षति भएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट