एमालेको सचिवालय बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख ८ २०७९
2.6K
SHARES
८ वैशाख काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा दिउँसो १ बजे बैठक बस्ने बताइएको छ ।
बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उमेदवारका विषयमा छलफल हुनेछ । महानगर र उपमहानगरको उमेदवारको टुंगो लगाउने एमालेको तयारी छ । आजै बिहान ११ बजे पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को बैठक पनि बस्ने तय छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट